आईएमई लाइफको अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम, उत्कृष्ट अभिकर्ता र बीमित सम्मानित

गणेश घिमिरे
भदौ १६, इलाम । 

आईएमई लाइफ इन्स्योरेन्सले इलाममा आयोजना गरेको अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा बीमितलाई सम्मान गरिएको छ। कार्यक्रममा उत्कृष्ट बीमिततर्फ इलाम–१२ का कमलबहादुर कटुवाल, इलाम–९ का अषेश मगर र इलाम–१२ का मातृका प्रसाद घिमिरे सम्मानित भए। आर्थिक वर्ष २०८२र८३ को सेल्फ बिजनेसतर्फ दमककी शान्ताकला खनाल प्रथम, विर्तामोडका चेतन दहाल ‘जीवन’ द्वितीय र इलामका राजिव कडरिया तृतीय भए। टिम बिजनेसतर्फ शान्ताकला खनाल प्रथम र राजिव कडरिया द्वितीय भए। त्यस्तै, २०८३ साउन महिनाको बिजनेसतर्फ शारदा भट्टराई प्रथम, मीना सिटौला पाण्डे द्वितीय र सञ्जिव गौतम तृतीय भए। भदौ ८ देखि ११ गतेसम्मको स्किमतर्फ विष्णु बस्नेत प्रथम, मेनुका पराजुली द्वितीय तथा गंगा रावत र सञ्जिवना अधिकारी तृतीय भए।

आर्थिक वर्ष २०८३ को ओपनिङ बिजनेसतर्फ गीता मुखिया प्रथम र रविन दाहाल द्वितीय भए भने ज्येष्ठ सक्रिय अभिकर्ताका रूपमा गणेश पौडेल सम्मानित भए।आईएमई तथा बावरी टिमका अध्यक्ष अनिरुद्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले बीमा व्यवसायमा सफल हुन चाहना मात्र पर्याप्त नहुने भन्दै स्पष्ट लक्ष्य, तयारी र निरन्तर कर्म आवश्यक रहेको बताए। मानिसमा जित्ने इच्छा धेरै भए पनि जितका लागि तयारी गर्ने इच्छा थोरैमा मात्र हुने उनको भनाइ थियो।उनले सफलता प्राप्त गर्न सोच र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै आफू परिवर्तन हुन तयार नभएसम्म बाहिरी परिवर्तनले मात्र सफलता हासिल गर्न नसकिने बताए।कार्यक्रममा आईएमई लाइफ इन्स्योरेन्स इलाम शाखा प्रमुख मंगेश खत्रीले जीवन बीमाको महत्व, उद्देश्य, व्यवसाय विस्तार, ग्राहकसँगको सम्बन्ध तथा लक्ष्य निर्धारणलगायत विषयमा अभिकर्तालाई प्रशिक्षण दिए। उनले समयअनुसार परिवर्तनलाई आत्मसात् गर्दै नयाँ अवसर पहिचान गर्न अभिकर्तालाई आग्रह गरे।इन्स्योरेन्सका दीपक गजमेरका अनुसार कार्यक्रममा अभिकर्ताको ज्ञान, सीप, आत्मविश्वास र सकारात्मक सोचको विकासमार्फत बीमा व्यवसायलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो। वक्ताहरूले जीवन बीमालाई आर्थिक सुरक्षा तथा भविष्य निर्माणसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा लिनुपर्ने बताएका थिए।

कार्यक्रममा कार्यालय दमकका नरेश धिमालले स्वागत मन्तव्य राखेका थिए भने कविताबाट सचेतना र ताप्लेजुङका लक्ष्मीप्रसाद चुडालले समेत मन्तव्य राखेका थिए।कार्यक्रममा पूर्व बीमा कम्पनीका एमडीआरटी गोपाल नेपालले आईएमई लाइफको पोलिसी आफूलाई मन परेको भन्दै कम्पनीमा बीमा गर्ने प्रतिबद्धता व्यक्त गरे। चर्चित कलाकार रमेश बुढाथोकीले पनि आईएमई लाइफलाई उत्कृष्ट कम्पनीका रूपमा उल्लेख गर्दै कम्पनीको प्रशंसा गरे।कार्यक्रमले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मानसँगै उनीहरूको क्षमता, आत्मविश्वास र व्यावसायिक दक्षता अभिवृद्धिमा समेत सहयोग पुगेको आयोजकले जनाएको छ। 

प्रतिकृया दिनुहोस

प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण

गणेश घिमिरे भदौ १९, इलाम इलामकी कवि तथा साहित्यकार प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण गरिएको छ । पौडेलको साहित्यिक यात्राको सातौँ

स्वर्गीय माता–पिताको स्मृतिमा राइ दम्पत्तिद्धारा  नारायणस्थानमा प्रवेशद्वार निर्माण

गणेश घिमिरे भदौ १९, इलाम धार्मिक तथा पर्यटकीय महत्व बोकेको इलामको नारायणस्थान मन्दिरमा नयाँ प्रवेशद्वार निर्माण गरिएको छ । इलाम नगरपालिका–७

बाढीपीडितका लागि कांग्रेस इलामले संकलन गरयो ३ लाख ७१ हजार रुपैयाँ

गणेश घिमिरे भदौ १८, इलाम  गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना र